८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचनः डा. बद्री केसीको स्लोगन चोरेर डा. केशव पौडेल महासचिवको उम्मेदवार !

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७६, बुधबार १३:५५

लण्डन – एनआरएन निर्वाचन आउँन मात्र ५० दिन बाँकी रहँदा नेतृत्वका आकांक्षीहरुले अनेक हत्कड्डा अपनाएको देखिन्छ । कोही आफ्नो पक्षमा माहोल बनाउन विश्व भ्रमणमा निस्किएको त कोही मतदाताबीच घुलमिल हुने क्रम बाक्लिइरहँदा एउटा अनौठो विषय पनि बाहिर आएको छ ।
आफ्नै एजेण्डा र आफ्नै प्रभावले चुनावी अभियानमा लाग्नु पर्नेमा एक समूहका उम्मेदवारले अर्कैको स्लोगन चोरेको पाइएको छ ।
महासचिवका उम्मेदवार डा केशव पौडेलले अर्काको चुनावी सामग्री चोरेको आरोप लागेको हो । ‘सामूहिक नेतृत्वको आजाव, संस्थागत दीगो विकास’ नाम दिइएको स्लोगन गत एनआरएन निर्वाचनमा महासचिव डा. बद्री केसीले तय गरेका थिए । तर सोही स्लोगन चोरेर अहिले पौडेलले प्रचार सामग्रीमा प्रयोग गरेका हुन् । कतिपयले आफ्नो मौलिकता समेत प्रयोग गर्न नसक्ने पौडेल कसरी डाक्टर भए होलान् भन्दै टिकाटिप्पणी गरेका छन् । डा. केसीले आफ्नो चुनावी स्लोगननै चोरी भएकोमा आपत्ती जनाएका छन् ।

पौडेललाई कूल आचार्य नेतृत्वको टीमबाट महासचिवको उम्मेदवार रहेको बताइएको छ ।
अध्यक्षका प्रत्यासी कुल आचार्यको नाममा फेसबुकमा खोलिएको कुल आचार्य जिताऔं अभियानमा समेत आचार्यले डा. केसीको चुनावी स्लोगन राखेर भोट माग्दै हिडेका छन् ।

एनआरएनको निर्वाचन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा तय भएको अवस्थामा नेतृत्वमा कूल आचार्य र कुमार पौडेलबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

डा. केसीले गत निर्वाचनमा प्रयोग गरेको चुनावी स्लोगन