१३ बैशाख २०८१, बिहीबार
Follow Us

मधेस बन्द गर्नेलाई लखेटिने

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०७३, सोमबार ०५:५४

काठमाडौं । नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नभए छठ पछाडि आन्दोलन गर्ने धम्की दिएलगत्तै वीरगन्जवासी त्यसको खिलाफमा उत्रने भएका छन् ।
छठ पछाडि आन्दोलन गर्ने धम्की दिएपछि वीरगन्जवासी त्यसको खिलाफमा उत्रने भएका हुन । वीरगन्जमा कुनै पनि खाले आन्दोलन गर्न नदिने र आन्दोलन गरेमा प्रतिकारसमेत गर्ने भन्दै तयारीसमेत सुरु गरेको वीरगन्जका अगुवाहरू बताउँछन् ।
निरन्तर र उपलब्धिहीन आन्दोलनका कारण पछिल्लो वर्षदेखि वीरगन्जको बन्द व्यापार मात्रै तहस–नहस भएन, आफूलाई असुरक्षित महसुस गर्दै वीरगन्ज र त्यस आसपासका उद्योगधन्दा, कलकारखाना भैरहवातिर सारिए भने उद्यमीहरू अन्यत्र पलायन हँुदै गएका छन् । पुनः आन्दोलन गर्ने धम्की दिइरहेका बेला स्थानीय जनताले ‘सेभ वीरगन्ज’ भन्ने अभियान नै चलाएका छन् ।
छठका हरेक घाटमा पुगेर युवा तथा व्यापारीहरूले ‘सेभ वीरगन्ज’ भन्ने अभियान चलाइसकेका छन् । त्यसको उद्देश्य वीरगन्जलाई आन्दोलनमुक्त क्षेत्र बनाउनु रहेको वरिष्ठ पत्रकार दिपेन्द्र चौहानले बताए । उनका अनुसार स्वतःस्र्फुत रूपमा उक्त अभियान वीरगन्जमा सुरु भएको र छठको घाटबाट उक्त सन्देश गाउँगाउँ पु-याउने काममा युवाहरू लागिपरेका छन् ।