१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए नेताहरु दोहामा भेला हुदैं

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७६, बिहीबार ०८:५३

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने निर्वाचनमा मतदाताहरुको मन जित्न एनआरएन नेताहरु विश्व दौडाहमा छन् । यसैक्रममा शुक्रवार हुने गैरआवासीय नेपाली संघ कतारको अधिवेशनमा भाग लिन गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा सहितको टोली विहीवार दोहा उत्रिएको छ ।
शर्माले गैरआवासीय नेपाली साथीहरुलाई भेट्ने अपेक्षा सहित सप्ताहब्यापी मध्यपूर्व क्षेत्रका देशको भ्रमणमा निस्किएको वताए ।

यस्तै संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी कुमार पन्त समेत विहीवार साँझ दोहा पुग्दैछन् । अधिवेशनलाई संघका अर्का उपाध्यक्ष कुल आचार्य महासचिव डा. बद्री केसी, सचिव जानकी गुरुङ, कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ लगायतले कार्यक्रमलाई सम्वोधन गर्ने वताएको छ ।