१३ बैशाख २०८१, बिहीबार
Follow Us

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७६, बिहीबार ०९:१०

काठमाडौं । दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(१४ कलंकी बस्ने धादिङ गजुरी गाउँपालिका(१ घर भएका २३ वर्षीय रबिन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका(१४ कलंकीस्थित पशुपति गेष्ट हाउसमा रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षीय मदन थापामगरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले रबिन श्रेष्ठलाई पक्राउ गरेको हो ।
हाल फरार रहेका मदन थापामगरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।