१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल एयरलाइन्सलाई फेरि पुरानै युगतर्फ फर्किने अवसर

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७६, शुक्रबार ०२:१५

काठमाडौं–राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजले १२ वर्षपछि जापानको आसाका उडान गरेको छ ।
नेपाल एयरलाइन्सले वाइडबडी एयरबस३३०–२०० जहाज काठमाडौं–ओसाका–काठमाडौं उडान पूरा गरी बिहीबार साँझ काठमाडौं अवतरण गरेको छ ।
बिहान साढे २ बजे काठमाडौंबाट ओसाकाका लागि उडेको विमान बिहीबार साँझ ७६ जना यात्रु बोकेर भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
काठमाडौं–जापान सीधा उडान सफलतापूर्वक सम्पन्न भएसँगै निगम पुरानो युगमा फर्किने अपेक्षा गरिएको छ । कारोबार दैनिकमा खबर छापिएको छ ।