१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए आइसीसी सदस्यमा कटुवालको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७६, शुक्रबार ०९:३६

लन्डन । गैरआवासीय नेपाली संघ युकेको सदस्य, पूर्वउपमहासचिव हुँदै लामो समय अभियानमा योगदान गरेका अर्जुन कटुवालले आसन्न अधिवेसनमा आइसीसी पदमा उम्मेदवारी दिएका छन् ।

आइसीसीमा रहेर लगानी , नागरिकताको सुनिस्चित अधिकारका लागी विशेष पहल गर्ने , नेपालको निर्वाचनमा गैरआवासीय नेपालीहरुको सहभागिता सुनिश्चित गराउन लन्डन दूतावासमार्फत मतदाता परिचयपत्र बनाउने र मतदान गर्ने वातावरण बनाउन पहल थाल्ने, एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्राथमिकताका साथ निरन्तरता दिने, वेल्स, स्कटल्यान्ड तथा नर्दन आयरल्याण्डमा सदस्यता तथा स्वायत्त अधिकार सुनिस्चित गर्ने , गोर्खा आन्दोलनमा सघाउने, आपत विपतमा परेका नेपालीलाई सहयोग गर्ने, बेलायतबाट नेपालमा स्किल ट्रान्सफरका लागि कार्यक्रम गर्ने लगायत प्रतिवद्धता उनको छ ।

कटुवालले एनआरएनए यूकेभित्र विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् । कार्यसमिति सदस्य, प्रवक्ता हुंदै उनी उपमहासचिव पनि भईसकेका छन् । लन्डनमा लेखा व्यवसाय र मिडियामा संलग्न कटुवाल सन् २००७ मा बेलायत आएदेखि नै एनआरएनए अभियानमा सक्रिय छन् ।एन आर एन ए अन्तराष्ट्रीय सम्मेलनमा २०१३ ,२०१५ र २०१७ मा लगातार प्रतिनिधि भई सक्रिय सहभागी हुनुभएकोछ।

एन आर एन अभियानका बीविन्न कार्यक्रमहरु मध्ये उनको मुख्य योजनहरु सदस्यता ऑनलाइन प्रणालीमा बयबस्थित गर्ने र हाल भएका १४००० सदस्यहरुलाई शुल्क बुझाउनसाथ नबीकरण हुने थप कागजातहरु बुझाउनु नपर्ने बयबस्था गर्ने , एक पटकको नेपाली सधैंको नेपाली हुने मूल मंत्रका साथ नागरिकताको निरान्तरतामा प्रयास गर्ने ,गैर आबासिय नागरिकता र अधिकारमा सुनिश्चितता,
सम्पत्तिको सुरक्षामा सुनिश्चितता गराउन पहल गर्ने, क़ानूनबिदहरुको वर्कशॉप गरि आबस्यक एन नियममा बयबस्था गर्न नेपाल सरकारसंग नेपाली दुताबास र एनआरएनए आईसीसी मार्फ़त पहल गर्ने । हाल देखिएको राष्ट्रीय र अन्तराष्ट्रीय परिषदको उम्मेदबार शुल्क बृद्धि घटाउने, एनआ एन सबैको साझा सबल राम्रो बनाउदै बिदेशमा रहेका हामी सबैको समस्या सामाधानका लागि पहल गर्ने प्रतिवद्धता सहित मैदानमा उत्रिएका छन ।

यूके नेपाल फ्रेण्डसिप सोसाइटीका महासचिव र उनी बुद्ध फाउण्डेसन यूकेमा पनि महासचिवछन् ।