१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुडान घोटालाका दोषी भारती पक्राउ

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७६, शुक्रबार ०९:४४

नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई पक्राउ गरेको छ ।

विशेष अदालतले सुडान घोटला काण्डमा विसं २०७४ वैशाख १७ गते दोषी ठहर गरेको भारतीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज बिहान ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विशेष अदालतबाट दोषी ठहरपछि फरार भएका भारतीलाई पक्राउ गरेको जानकारी दिनुभयो । भारतीले सुडान मिसनका लागि आवश्यक सामग्री आपूर्तिमा घोटाला गरेका थिए ।

भारतीलाई अदालतले एक वर्ष कैद र रु १४ करोड २० लाख आठ हजार जरिवाना तोकेको थियो । डडेलधुरा निवासी भारती हाल ललितपुरको भैँसेपाटी बस्दै आएका थिए । पक्राउ परेका भारतीलाई फैसला कार्यान्वयनका लागि ब्यूरोले आजै अदालतमा पेश गरेको छ । अदालतले सुडान घोटालाको मुद्दामा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरी सजायसमेत गरिसकेको छ ।