१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वडा सदस्य नेकपामा प्रवेश गरेपछि काँग्रेसले लेख्ने भयो आयोगलाई पत्र

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७६, शुक्रबार १४:५८

काठमाडौं–नेपाली कांग्रेस पार्टीका तर्फबाट स्थानीय तहको गत निर्वाचनमा सुनसरीको इनरुवा नगरपालिका वडा नं २ का निर्वाचित वडा सदस्य लक्ष्मी मेहता नेकपा प्रवेश गर्नुभएको छ ।

मेहता नेकपा प्रवेश गरेपछि काँग्रेसको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले मेहता निर्वाचित भएको वडा सदस्य पद रिक्त गरिदिनका लागि निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको छ ।

यस्तै बैठकले तहका नेता कार्यकर्ताको निधनप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु— दिलबहादुर घर्ती, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, उमाकान्त चौधरी, डा शेखर कोइराला, जीवनबहादुर शाही, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, गोविन्द भट्टराई, गुरुराज घिमिरे, हृदयराम थानी, सरिता प्रसाई, बहादुरसिंह (लामा) तामाङ र अमृत अर्यालले आ–आफ्नो धारणा राखेको काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।