११ बैशाख २०८१, मंगलवार
Follow Us

भारतीयलाई भिषा प्रणालीमा थप सुविधा दिन सकिन्न : प्रम टेरिसा

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०७३, सोमबार १०:५५

नयाँ दिल्ली । भारत भ्रमणमा रहेकी बेलायती प्रधानमन्त्री टेरिसा मेले भारतीयलाई भिषा सुविधा थप्न अस्वीकार गरेकी छन् । उनले भनिन– ‘बेलायतमा भिषा दिने जुन पद्धति छ, त्यसमा कुनै परिवर्तन हुँदैन ।’ बेलायती प्रधानमन्त्री मेको भारत भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।
ब्रेक्सिटपछि बेलायत र भारतबीच व्यापार व्यवसायमा केही सम्झौता हुने बताइएको छ । प्रधानमन्त्री मेले भनिन्– ‘भारतबाट प्राप्त १० भिषामध्ये ९ लाई बेलायतले स्वीकार गरिरहेको अवस्था छ ।’ उनले भनिन्– ‘बेलायत पहिलदेखि नै इयुभन्दा बाहिरका मानिसलाई आकर्षित गर्न सक्षम छ । भारतले पहिले नै यो भिषा प्रणालीको स्वीकार गरिसकेको छ ।
धनाढ्य भारतीयहरुलाई बेलायत प्रवेशमा सहज बनाइने छ । उनले भनिन– हजारौं भारतीय वर्क भिषामा छन, उनीहरुलाई पर्यटक स्किममा रजिष्टर्ड हुनसक्छन् । उनले भनिन– ‘यूरोपिय संघ छोडेपछि बेलायत लगानी र व्यापारकका लागि संसारकै आकर्षक देश बन्न चाहन्छ ।’