१५ चैत्र २०८०, बिहीबार
Follow Us

अनेरास्ववियुका पदाधिकारीकोे पदभार

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७६, शुक्रबार २०:५६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ्ले आज पदभार ग्रहण गर्नुभएको छ ।

बागबजारस्थित कार्यालयमा आज कार्यक्रम गरी अनेरास्ववियूका इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोढ ढकालले दुबै जनालाई पदभार ग्रहण गराउनुभएको हो । इन्चार्ज शाक्यले भदौ महिनाभित्र अनेरास्ववियूका सबै कमिटीको एकता गर्ने गरी काम अगाडि बढाइने बताउनुभयो । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकता भई बनेको अनेरास्ववियुको आजैदेखि कार्यालय सञ्चालनमा आएको छ । कार्यक्रममा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे, रामकुमारी झाक्री, माधव ढुङ्गेल, नविना लामा तथा क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने र रमेश मल्ल सहभागी थिए । एकतापछि अनेरास्ववियूमा २५१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरिएको छ । अनेरास्ववियूमा संयोजक र सहसंयोजक चयन गरे पनि अन्य एकताको काम बाँकी नै छ ।