७ बैशाख २०८१, शुक्रबार
Follow Us

गौहत्या प्रकरणः घटना लुकाउन खोजिँदै

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७६, आईतवार ०३:०५

नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाईगोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाईगोरु दैलेख लैजाने स्वीकृति दिएको थियो ।
नगरपालिका प्रमुख धवलशमशेर राणाले कर्मचारीले गाईलाई मारेको नभई ट्रकमा च्यापिएको मरेको दाबी गरेका छन् । तर स्थानीयले गाईलाई भीबाट खसालेर मारेको दाबी गरेका छन् । राजधानी दैनिकमा खबर छापिएको छ।