१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाग्लुङको बलेवामा गुल्मीका युवा मृत फेला

sarusaru
१५ भाद्र २०७६, आईतवार १३:४३

बाग्लुङको बलेवामा झुण्डिएको अवस्थामा भेटिएका एक पुरुष गुल्मीको धुर्कोट गाँउपालिका ७  वाग्लाका भएको खुलेको छ ।
२३ वर्षिय अभिषेक पन्थीको शव शनिबार बाग्लुङ बलेवाको सानो जंगलमा  झुण्डिएको अवस्थामा फेला परेका थियो ।
झण्डै एक महिना देखी घरको सम्पर्कबाहिर रहेका पन्थी एक मोबाईल कम्पनीमा मार्केटिङको काम गर्थे । अविवाहित पन्थीको शव सडेर गन्हाईरहेको अवस्थामा पाखोमा घाँस काट्न पुगेका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
मृत भेटिएको उनको साथमा रहेको परिचय पत्रका आधारमा प्रहरीले बुटवलमा रहेको परिवारलाई खबर गरेपछि अहिले पन्थीको परिवार घटनास्थलतर्फ गएको छ । प्रहरीले दिएको प्रराम्भिक हुलिया अनुसार उनि आफ्नै भाई भएको निष्कर्षमा पुगेपनि आफुहरु घटनास्थल पुगेपछि यसको बिस्तृत जानकारी हुने मृतकका दाई पर्ने सुनिल पन्थीले बताए ।
पन्थी केही समयदेखी  एक युवतीसँग प्रेम सम्बन्धमा थिए । युवतीको घर यकिन नभएपनि पर्वत सदरमुकाम नजिकै भएको उनका साथीले जानकारी दिए । यहि कारण आत्महत्या गरेको हुनसक्ने उनले अनुमान गरेपनि परिवारले भने प्रेमसम्बन्धबारे जानकारी नभएको बताएको छ । गुल्मीको मान्छे बाग्लुङ पुगेर आत्महत्या गरेको विषय रहस्यमय छ तर प्रहरीले अनुसन्धान नगरेसम्म आफुहरु नबोल्ने बताए । बाग्लुङ प्रहरीका डिएसपी झविन्द्र प्रसाद भट्टराईले  झुण्डिएको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागी पठाउने काम भईरहेको जानकारी दिए   । यसबारे थप अनुसन्धान भएपछि मात्रै आत्महत्या हो वा होईन भन्ने पत्तो लाग्ने उनको भनाई छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र शव झुण्डिरहेको प्रकृति हेर्दा कसैले हत्या गरेर झुण्डाएको हुन सक्ने अनुमान गर्न कठिन हुने प्रहरी बताउछ ।