July 3, 2020
11:24 AM | 4:09 PM

सरकारी कार्यालयका प्रमुखलाई धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जना पक्राउ

  1st September 2019 मा प्रकाशित

काठमाडौं-बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू नेकपा विप्लप समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र जिउज्यान लिने सम्मको धाक-धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने झापा गौरादह नगरपालिका-७ ठेगाना भएका ४२ वर्षीय विश्वराज शर्मा, भक्तपुर मध्यपुर नगरपालिका-३ गठ्ठाघर बस्ने झापा भद्रपुर नगरपालिका-८ ठेगाना भएका ४१ वर्षीय सुवाष कोइराला र काठमाडौं काडाँघारी बस्ने झापा भद्रपुर नगरपालिका-८ ठेगाना भएका २४ वर्षीय सुभम घिमिरे रहेका छन् ।
उक्त कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार र आइतबार उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको सो महाशाखाले जनाएको छ ।

प्रतिक्रिया