६ बैशाख २०८१, बिहीबार
Follow Us

मिटर ब्याज लगाएर गाउँलेलाई ठगी गर्ने पक्राउ

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७६, आईतवार १९:०१

मिटर ब्याज लगाएर गाउँलेलाई ठगी गर्ने श्याम परदेशीलाई पक्राउ परेको छ ।
सर्लाही हरिपुरमा करीब २०० जनालाई उनले मिटर ब्याज लगाएर ठगी गरेको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले ऋण दिएपछि आर्थिक अवस्था कमजोर भएका गाउँले सँग दिन दुई गुना रात चौगुना ब्याज असुल्दै तिर्नै नसक्ने अवस्थामा पुर्याएर अनेकन दुःख दिँदै आएका थिए ।
उनले एउटै ख्णका १९ वटासम्म तमसुक बनाएको पाइएको छ । उनलाई मलंगवा नगरपालिका १० स्थित घरनजिकैबाट गरिएको जनाइएको छ ।