१५ चैत्र २०८०, बिहीबार
Follow Us

१२ बुथबाट एनआरएन युकेको निर्वाचनमा मतदान गर्न सकिने (केन्द्र सहित)

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७६, आईतवार १९:५६

लण्डन । गैरआवासीय नेपाली संघ युकेको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सेप्टेम्बर १४ मा हुने निर्वाचनमा १२ स्थानमा मतदान केन्द्र रहने भएका छन् । निर्वाचन समितिको शुक्रबार भएको ‘कन्फेरेन्स कल’ बैठकले ति स्थान तय गरेको हो ।

निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार अल्डरसट, बेजिङस्टोक, रेडिङ, स्वीण्डन, ह्यारो, प्लमस्टिड, आसफोर्ड, लेस्टर, बर्मिङघम, एडिनबरा, कार्डिफ र बेलफास्टमा बुथ राख्ने निर्णय भएको छ ।