१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लोकमणी ढकालद्धारा एनआरएनए जर्मनीको महासचिवमा उम्मेदवारी दिने घोषणा

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७६, आईतवार २१:३९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको महासचिवमा लोकमणी ढकालले उम्मेदवारी दिने भएका छन् ।

ढकालले गैरआवासीय नेपाली संघ जर्मनीको हेसन क्षेत्रीय कमिटी र (महिला फोरम) ले शनिवार फ्रयांङफर्टमा आयोजना एक कार्यक्रमलाई सम्वोधन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

१५ वर्ष देखी फ्रयांङफर्डमा वसोबास गर्दै आएका ढकाल हस्पिटालिटी व्यवसायमा संलग्न छन् ।

गैरआवासीय नेपाली संघको अभियानमा सन् २००५ देखी सकृय ढकालले यसअघि गैरआवसीय नेपाली संघ जर्मनी, हेसन क्षेत्रीय संयोजकको जिम्मेवारी सम्मालेका थिए ।

ढकालले आफ्नो उम्मेदवारी सहित आफ्ना केही महत्वपूर्ण प्रतिवद्धताहरु समेत सार्वजानिक गरेका छन् । उनले एनआरएनए जर्मनीको सम्पर्क कार्यालय स्थापना गर्ने, क्षेत्रीय समितिहरुलाई थप सकृय पार्दै समन्वय गरेरमा काम गर्ने, जर्मनीमा बस्ने नेपालीहरुको तथ्यांक संकलन गर्ने, एनसीसीको निर्वाचन प्रणालीलाई डिजिटाइज गर्दै अनलाइन भोटिङको व्यवस्था गर्ने, दोस्रो पुस्ताका नेपालहरुको लागि नेपाली कलासंस्कृति झल्काउने तथा खेलकुद सम्वन्धी विषेश कार्यक्रमहरु ल्याउने, एक राष्ट्रीय समिति एक लगानी कार्यक्रम अन्तर्गत जर्मनमा रहेका नेपाली समुदायको सामूहिक लगानीमा नेपालमा एक परियोजना संचालन गर्न पहल गर्ने लगायतका प्रतिवद्धता सार्वजानिक गरेका छन् ।

एनआरएन जर्मनीको नयाँ नेतृत्वको लागि आगामी १४ सेप्टेम्वरमा निर्वाचन हुदैंछ ।

उनले संघका प्रायः सबै क्षेत्रीय बैठक तथा अन्तराष्ट्रीय सम्मेलनमा सहभागीता जनाएका छन् । उनले नेपालमा जलबिद्युत, रियलस्टेट लगायतको क्षेत्रमा लगानी गरेका छन् ।

स्यांङजाका जन्मिएका ढकाल जर्मनी स्थित नेपाली समुदायमा निकै मिलनसार र सहयोगी व्यक्तित्वको रुपमा परिचित छन् ।