८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए फिनल्याण्डको अध्यक्षमा श्रवण खनाल

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७६, आईतवार २२:५१

फिनल्याण्ड: गैर आवासीय नेपाली संघ (एनआरएनए ) फिनल्याण्डको अध्यक्षमा श्रवण खनाल निर्वाचीत हुनुभएको छ । गैर आवासीय नेपाली संघ फिनल्याण्डको अधिवेशनले आगामी कार्यकालको लागि खनाललाई अध्यक्षमा निर्वाचीत गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा विनीता लामिछाने, विवेकराज उप्रेत्ति, महासचिवमा खिमानन्द (आदित्य ) चापागाई, कोषाध्यक्षमा जानकी प्रसाद कोइराला, सचिवमा प्रकाश पोखरेल, युवा संयोजकमा लव उपाध्याय, महिला संयोजकमा ममता थकाली, निर्वाचीत हुनुभएको छ ।

त्यस्तैगरि, नयाँ कार्यसमिति सदस्यहरुमा क्रमश घनश्याम विश्वकर्मा, विनीता श्रेष्ठ, शेखर आचार्य, सागर थापा, सुनील सुवल, दीपक केसी, सचिन्द्र रिमाल, चिरञ्जीवी चापागाई, महेश बहादुर अधिकारी, निर्मला खरेल (निरु ), शैलु भट्राई र दुर्गाराज गिरी (अमिर ) निर्वाचीत हुनुभएको छ ।