काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार भइरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मिर्गौलासम्बन्धी एन्टिबडी उपचार जारी रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै ट्वीट गरेका छन्।

उनका अनुसार, सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको छैठौं चरणको प्लाज्मा फेरेसिस प्रक्रिया सोमबार हुने छ । गोरखापत्रले याे खबर छापेको छ ।

बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने छ ।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचार तथा थप परीक्षणका लागि भदौ ५ गते सिंगापुर गएका थिए ।