१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली बैंकको सिस्टम बिदेशी ह्याकरको कब्जामा

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७६, सोमबार ०२:२७

काठमाडौं– नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको कब्जामा पर्न थालेको छ ।
एटीएमका पिन ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा झिक्ने विदेशी ह्याकरमध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ ।
प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको छ । उनीहरुले शनिबार काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिकेका थिए । राजधानी दैनिकमा यो खबर छापिएको छ ।