१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारी कार्यालयका प्रमुखलाई धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जना पक्राउ

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७६, सोमबार ०५:२७

काठमाडौं । बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू नेकपा विप्लप समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र जिउज्यान लिने सम्मको धाक(धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने झापा गौरादह नगरपालिका(७ ठेगाना भएका ४२ वर्षीय विश्वराज शर्मा, भक्तपुर मध्यपुर नगरपालिका(३ गठ्ठाघर बस्ने झापा भद्रपुर नगरपालिका- ८ ठेगाना भएका ४१ वर्षीय सुवाष कोइराला र काठमाडौं काडाँघारी बस्ने झापा भद्रपुर नगरपालिका-८ ठेगाना भएका २४ वर्षीय सुभम घिमिरे रहेका छन् ।

उक्त कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार र आइतबार उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको सो महाशाखाले जनाएको छ ।