१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रवि लामिछानेलाई राहत, मानहानीको मुद्दा खारेज

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७६, सोमबार १४:०४

काठमाडौं– टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ ।

निर्मला पन्त हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो । टेलिभिजनमा विचाराधीन मुद्दामा बोल्ने–बोलाउने कार्य भएको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका हुन्

खड्गसिंहले दिएको उजुरीमाथि सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले मुद्दा खारेज गरिदिएको हो ।
शालिकराम पुडसैनी आत्महत्या दुरुत्साहन मुद्दा झेलिरहेका उनलाई अर्को एक मुद्दामा भने राहत मिलेको हो ।