नातिबाबु भट्ट ।
कोलोराडो । हिन्दु महिलाहरुको महान चाड तिजको पुर्व सन्ध्यामा कोलोराडो निवासी महिलाहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक दर खाएका छन् ।
प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई माईतीको झल्को मेटाउन तथा प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन कोलोराडोको लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टले दरखाने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्डर, लङमन्ट, ब्रुमफिल्ड ईरी , लाफियत, स्टेटपार्क लगायतका शहरहरुबाट महिला दिदी बहिनिहरु नेपाली पहिरन रातो साडी ,चोलो , चुरा, धागो र बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित भएका थिए । कार्यक्रममा स्थानीय अमेरिकी महिलाहरु पनि सातोसाडी, चोलो ,चुरा छागो, पोते लगाएर खुसीसाथ सहभागी भएका थिए ।

सांझ ६ बजे देखी राती १० बजे सम्म संचालन भएको कार्यक्रममा बाल बालिका देखि बृद्ध बृद्धा सबै उमेरका दाजुभाई दिदी बहिनिहरुको उपस्थिती रहेको थियो । स्वादिष्ट परिकारहरु खादै साथीहरु संग नाच्दै, गाउदै, तिजको शुभकामना साटासाट गर्दै , उनीहरुले तिजको दरखाने कार्यक्रम सम्पन्न गरेका हुन् ।