२६ बैशाख २०८१, बुधबार
Follow Us

यसकारण अन्योलमा वीर अस्पताल विस्तार

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७६, बुधबार ०२:१५

भक्तपुर। काठमाडौँको महाबौद्धमा रहेको वीर अस्पताल विस्तार गरी एक हजार पाँच सय शैयाको अस्पताल बनाउने सरकारको निर्णय अन्योलमा परेको छ ।
चार वर्षअघि सरकारले वीर अस्पताललाई भक्तपुरको चाँगुनारायणस्थित दुवाकोटमा ५७० रोपनी जग्गा उपलब्ध गराएर एक हजार पाँच सय शैयाको अन्तर्राष्ट्रिय स्तरको ठूलो अस्पताल बनाउने निर्णय गरेको थियो ।
अस्पताल बनाउन चीन सरकारले सहयोग गर्ने घोषणा गरेको थियो । कुल ५० अर्ब रुपियाँ लगानीमा चीन सरकारले बनाइदिने उक्त अस्पताल चिनियाँ प्राविधिक समूहले विस्तृत परीक्षण गरेपछि दुवाकोट अस्पताल बनाउन माटो अनुपयुक्त रहेको निष्कर्ष निकाल्यो ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवले तत्काललाई दुवाकोटमा वीर अस्पताल विस्तार गर्ने सरकारी योजना नरहेको बताए । चिनियाँ प्राविधिक टोलीले त्यहाँको माटो ठूलो भवन बनाउन उपयुक्त नभएकाले वीर अस्पताल नबन्ने निश्चित भएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।