१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बालुवाटार जग्गाकाण्डका मीनबहादुर गुरुङलगायतलाई अख्तियारले बोलायो

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७६, बुधबार ०५:५२

काठमाडौं– चर्चित बालुवाटार जग्गा घोटाला काण्डका आरोपीमध्येका एक मीनबहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनसुन्धान आयोगले बयानका लागि बोलाएको छ । भाटभटेनी सुपरमार्केटका मालिकसमेत रहेका उनलाई ७ दिनभित्र हाजिर हुन अख्तियारले भनेको छ ।
अख्तियारले बुधबार सार्वजनिक गरेको सूचनामा तत्कालिन प्रचलित कानुन बमोजिम मुअब्जा दिएर अधिग्रहण भएको लतिता निवास क्याम्पभित्र पर्ने जग्गा मिलेमतोमा आफ्नो नाममा गरेको उजुरीको आधारमा केही बुझ्नुपर्ने भएकाले ७ दिनभित्र उपस्थित हुन भनेको छ ।
सूचनामा अन्य ५७ जनालाई पनि बोलाइएको छ ।