१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतसँगको सम्बन्ध सुधार्दै कांग्रेस सभापति देउवा

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७३, मंगलवार ०५:५०

नयाँदिल्ली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला भारत भ्रमणमा छन् । भारतको सत्तारुढ दल भाजपाको बुद्धिजीवी संगठनले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी हुने गत शुक्रबार गोवा पुगेका देउवाले हिजो सोमबार र आज मंगलबार राजनीतिक भेटलाई तिब्रता दिएका छन् ।
सभापति देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । गत शुक्रवार भारत गएका देउवाले आजै विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजेन्द्रनाथ सिंह लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा नेपाल भारत सम्बन्ध, दुई पक्षीय हित लगायतका विषयमा छलफल हुनेछ । यस्तै, कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी तथा सत्तारुढ भारतीय जनता पार्टिका नेतालाई पनि देउवाले भेट्ने कार्यक्रम तय भएको छ ।
छ महिनापछि प्रधानमन्त्री बन्ने लाइनमा रहेका नेता देउवाले भारतसँगको सम्बन्ध सुधार गर्न मात्र होइन, भारतीय नेताहरुको विश्वास जित्नसमेत यो भ्रमण फलदायी बन्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । संविधान संशोधन, अख्तियार प्रमुखविरुद्धको महाअभियोग प्रस्ताव र अन्य केही विकासे आयोजनाबारे भारतीय उच्च नेताहरुसँग कांग्रेस सभापति देउवाले छलफल गर्ने बुझिएको छ ।
सभापति देउवा भोली स्वदेश फर्कदैछन् ।