११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन युके उपाध्यक्षका उम्मेदवार पौडेलको लोकप्रियता बढ्यो

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७६, बुधबार १४:१६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि चुनावी चहलपहल बढेको छ । उम्मेदवारहरुले घरदैलो थालेका छन् । यसैक्रममा उपाध्यक्ष पदका उम्मेदवार कमल पौडेलले आफ्नो सकृया बढाएका छन् ।

लण्डनका चिरपरिचित व्यवसायी कमल पौडेलले वेलायतका विभिन्न क्षेत्रमा पुगेर आफ्नो चुनावी अभियानलाई सकृय परेका छन् ।

पौडेलले आफ्नो पछिल्लो चुनावी अभियानमा मतदाताबाट पाएको सुझाव र सल्लाहकले उत्साहित भएको वताए । सबैतिरबाट राम्रो रेस्पोन्स आएको छ निकै सकरात्मक छु, चुनाव जित्नेमा ढुक्क छु पौडेलले भने ।

सन् २००१ मा अध्ययनका लागि युके आएका पौडेलले सन् २००३ देखि आइएमइ मनी ट्रान्सफर चलाउँदै आएका छन् । यसबाहेक उनको इन्भेष्टभेष्ट कम्पनी, व्यवस्थापन कम्पनी, प्रोपर्टी व्यवसायमा लगानी छ । उनी आएमइ ग्लोबल होल्डिंग्स युके र नेपाल जीएफडिआइ युकेका पनि निर्देशक छन् ।

पौडेल अहिले लण्डनबाट आइएमई मनी ट्रान्सफर सञ्चालन गर्ने गर्छन् । यसैगरी, नेपालमा आइएमई लाइभ इन्स्योरेन्स, ग्लोबल आइएमई बैँक, हाथवे फाइनान्स, आइएमई कोअपरेटिभ, हाथवे इन्भेष्टमेण्टअन्तर्गत हाइड्रो आदिमा लगानी छ ।

बाग्लुङका कमल पौडेल नेपाल छँदै व्यवसायमा आवद्ध थिए । उनले करिब ३० वर्षअघि चितवनमा राइस मिल, आयल मिल, दाना उद्योगलाई कच्चा पदार्थ आपूर्ति गर्ने व्यवसाय सञ्चालन गरेका थिए ।

संघको दुई (खुल्ला) उपाध्यक्ष पदको लागि चार जनाको उम्मेदवारी परेको छ ।