७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए नेदरल्यान्ड्सको अध्यक्षमा कंडेल सर्वसम्मत

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७६, बुधबार १४:४१

नेदरल्यान्ड्स : गैर आवासीय नेपाली संघ (एनआरएनए ) नेदरल्यान्ड्सले दिर्घकालीन योजना र कार्यक्रममा सहमती जुटाउँदै आगामी कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

विशेष गरि सामूहिक एजेन्डाका रुपमा आगामी कार्ययोजना, कार्यक्रम र रणनीतिको विषयमा आपसमा समझदारी गर्दै नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । कार्यसमितिमा पद बाँडभाँडमा भन्दा बढी एजेन्डामा केन्द्रित भएर सर्वसम्मत गरिएको हो ।

समाजका वरिष्ठ ब्यक्तीत्व, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, बौद्धिक ब्यक्तीत्वको सर्वपक्षीय भेलाले एनआरएनए नेदरल्यान्ड्स सर्वसम्मत गर्न सफल भएको हो ।

एनआरएनएको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डलाई आधार बनाएर एनआरएन फाउन्डेसन अन्र्तगत नेदरल्याण्ड्समा नेपाल हाउस बनाउने कार्यलाई सामूहिक रुपमा साझा एजेन्डाको रुपमा अगाडि बढाउने निर्णय गरिएको छ ।

त्यस्तै, आगामी कार्ययोजनालाई सर्वसम्मत रुपमा अनुमोदन गर्दै अध्यक्षमा उम्मेदवार घोषणा गर्नुभएको फणिन्द्र पन्तले आफनो उम्मेदवारी फीर्ता लिर्दै श्रीराम कँडेललाई समर्थन गर्नुभयो । कँडेलको नेतृत्वमा बनेको कार्यसमिति २९ सदस्यीय रहेको छ । कँडेल एनआरएनए एनसिसीको पूर्व महासचिव हुँर्दै आइसिसी सदस्य भइसक्नु भएको छ । कँडेल नेपाली ब्यवसायीक संघ नेदरल्यान्ड्सको अध्यक्ष समेत हुनुहुन्छ ।


पन्तले पर्यटन प्रर्वद्धन, बुद्धको प्रचारपसार, लगानी, कला संस्कृतीको जगेर्ना अभियान, नेपाल नेदरल्याण्डस सम्बन्ध, बालबालिकाको लागि संस्कृति र शिक्षा जस्ता महत्वपुर्ण एजेन्डा अगाडि सार्नुभएको थियो ।

पन्तले अगाडि सार्नुभएको महत्वपूर्ण एजेन्डामा सर्वपक्षीय भेलाबाट सहमती जुटेसँगै कँडेलको नेतृत्वमा सर्वसम्मती भएको हो । पन्त एनआरएनए आइसिसिको रक्त सञ्चार प्रविधि हस्तान्तरण समितिको संयोजक समेत हुनुहुन्छ । नेदरल्यान्डसको अधिवेशन यही सेप्टेम्वर ८ तारिखमा हुँदैछ ।