८ बैशाख २०८१, शनिबार
Follow Us

धर्ना बसेकालाई प्रहरी लगाएर धपाइयो

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७३, मंगलवार ०५:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रिय कार्यालयमा धर्नामा बसेका बहिर्गमित पूर्व लडाकुहरु पक्राउ परेका छन् । आफ्ना बालबच्चासहित हिजो अपरान्हदेखि कार्यालयमै बसेका उनीहरुलाई प्रहरीले आज बिहान पक्रेको हो ।
बहिर्गमित लडाकुहरु आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश रोजेका पूर्व लडाकु, त्यही सरह आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुनुपर्ने लगायतका माग राखी पार्टी कार्यालय घेराउ गर्न पुगेका हुन् । उनीहरुले झुटा मुद्दा लगाएर जेलमा राखेका बहिर्गमित लडाकुलाई बिना शर्त रिहा गर्नुपर्ने, घाइते अपांगलाई निशुल्क उपचार तथा आजीवन भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग समेत राखेका छन् ।
आफ्ना मागबारे सुनुवाई गर्न पार्टी नेतृत्वले कुनै पहल नगरेका कारण कार्यालय कब्जा गर्नु परेको उनीहरुको भनाई छ । सेना समायोजनका क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले ४ हजार ८ जना बाल सेनालाई अयोग्य भन्दै शिविरबाट निष्काशन गरेको थियो ।