१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन युकेको सदस्यमा मोहन ओलीको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७६, बिहीबार १३:४३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सदस्यमा मोहनलाल ओलीले उम्मेदवारी दिएका छन् ।

ओलीले १४ सेप्टेम्वरमा हुने संघको निर्वाचनको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

नेपालमा दाङ घर भएका ओली वेलायतमा १३ वर्ष देखी सामाजिक काममा सकृय छन् ।

ओली सेफ एसोसियसन युकेको संस्थापक उपाध्यक्ष समेत हुन् । उनको सकृयतामा नेपालमा विभिन्न परोपकारी काम समेत भएका छन् ।

एसोसियसनले हालै वर्मिघनमा सम्पन्न गरेको च्यारीटी कार्यक्रममा १० लाख भन्दा बढी रुपैयाँ संकलन गर्न उनले सकृय भूमिका निर्वाह गरेका थिए ।

ओलीले आफुले सिकेको ज्ञान र सिपलाई गैरआवासीय नेपाली संघ मार्फत नेपालमा लैजाने प्रतिवद्धता जनाए ।

उनले नेपाल सरकारसंग मिलेर सेफहरुलाई हेल्थ एण्ड सेफ्टी लगायतको तालिम संचालन गर्ने योजना रहेको वताए ।

उनले नेपालमा क्याटरिङ, शिक्षा लगायतको क्षेत्रमा लगानी गरेका छन् ।
ओलीले अगामी हप्ता हुने संघको निर्वाचनमा आफुलाई मत दिएर समाजमा केही गर्ने इच्छा पुरा गरिदिन् मतदाताहरु समक्ष आग्रह गरेका छन् ।