७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए इक्वेटोरियल गिनियामाको अध्यक्षमा कृष्णचन्द्र सेढाई

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७६, बिहीबार १४:०७

इक्वेटोरियल गिनिया । गैर आवासीय नेपाली संघको इक्वेटोरियल गिनियामा नयाँ कार्यसमिति चयन भएको छ । इक्वेटोरियल गिनियाको राष्ट्रिय समन्वय परिषदको दोस्रो राष्ट्रिय अधिवेशन मलाबो सहरमा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले कृष्णचन्द्र सेढाईको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती निर्बिरोध चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा सुमन बिके महासचीवमा बिष्णुहरि सेढाई, कोषाध्यक्षमा दुतराज लामा, सदस्यहरुमा मान बाहादुर कार्की, लबकुमार थपलिया, किसोर साह, प्रतीक थपलिया र सुनिल बिकेलाई निर्विरोध चयन गरेको छ ।

उक्त सभामा मालाबो तथा बाटा सहरमा बसोबास गरिरहेका नेपालीहरुको सहभागिता रहेको थियो। त्यस्तै, सभाले अध्यक्ष, महासचिव तथा कोषाध्यक्षहरुले प्रस्तुत गर्नु भएको प्रतिबेदनलाई अनुमोदन पनि गरेको छ।

सभामा निवाचन संयोजक किसोर साहले नव निर्वाचित पधाधिकारिहरुको घोषणा गर्दै सफल कर्यकालको लागि शुभकामना ब्यक्त गर्नु भयो । साथै उहाँले सो अवसरमा नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सफत खुवाउनु भएको थियो। चुनावी प्रकृया अनुगमनका लागि श्री प्रतीक थपलियालाई मनोनित गरिएको थियो।