१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेको निर्वाचनमा कृष्ण खरेलको चर्चा

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७६, बिहीबार १९:०८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनमा कृष्ण खरेलको चर्चा चुलिएको छ ।

आगामी सेप्टेम्वर १४ तारिख हुने निर्वाचनमा कार्यसमितिको सदस्यमा उम्मेदवारी दर्ता गरेका खरेल मिडल्याण्डस्थित नेपाली समुदायलाई एकताबद्ध बनाए अघि बढे पछि चर्चामा आएका हुन् ।

खरेल अध्यक्षकी प्रत्यासी पुनम गुरुङको प्यानलबाट चुनावी मैदानमा उत्रिएका हुन् । खरेल १६ वर्ष देखी वेलायतमा सामाजिक कार्यमा सकृय छन् ।

उनले समाजमा प्राप्त गरेको ज्ञान र अनुभवलाई आगामी दिनहरुमा संस्थाका लागि समर्पित गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनी मिडल्याण्डस्थित साँझा नेपाली समाजको कोषाध्यक्ष हुन् । यस्तै उनीसंग नेपाली समाज नोटिंगमको संस्थापक सदस्य हुँदै कोषाध्यक्ष र उपाध्यक्षको दुई कार्यकाल पुरा गरेको अनुभव छ ।

रेष्टुरेन्ट व्यवसायमा संलग्न खरेल विभिन्न परोपकारी काममा समेत सकृय छन् । उनले गुल्मी जिल्लास्थित वामीमा विपन्नवर्गको लागि आर्थिक सहयोग गरेका छन् । गुल्मी जिल्ला समाज युकेको आयोजनामा हुने कार्यक्रममा उनले निरन्तर सहयोग गर्दै आएका छन् ।

उनले आगामी निर्वाचनमा मत दिएर आफुलाई विजयी गराउन वेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेका छन् ।