७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा गायक खेम राज गुरुङ्ग स्मृति साँझ हुने


२० भाद्र २०७६, शुक्रबार ०७:३३

लन्डन । स्वर्गिय गायक खेमराज गुरुङ्गको स्मृतिमा लण्डनमा एक कार्यक्रमको आयोजना हुने भएको छ ।

पश्चिम लन्डनको फेल्थामस्थित स्प्रीङ्ग वेस्ट एकेडेमीमा यहि सेप्टेम्बर ८ तारिख आइतबारका दिन खेम राज गुरुङ्ग स्मृती साँझ हुन लागेको पत्रकार तथा गायक सुजन पराजुलीले जनाए ।

स्वर्गीय गायक खेमराज गुरुङ्ग स्मृती प्रतिस्ठानको आयोजनामा हुन लागेको सो कार्यक्रमको लागी नेपालका ख्याती प्राप्त गायक राजेश पायल राई लण्डन आइपुगेका छ्न ।
कार्यक्रममा गायक राइलाई लण्डनका स्थानिय गायक सुजन पराजुलीले साथ दिने छन । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको कार्यक्रम संयोजक चन्चला गुरुङ्गले बताएकी छन् ।

साँझ ६ बजेबाट शुरु हुने कार्यक्रममा गायक राईले आफ्ना नयाँ पूराना गितका साथै स्व। गायक खेमराज गुरुङसँग सहकार्य गरेका गितहरु गाउने छन । तेसैगरि स्थानीय गायक सुजन पराजुलीले पनि खेमराज गुरुङद्वारा गाइएका गीतहरुलाई विशेष रुपमा प्रस्तुत गर्ने भएका छन ।

कार्यक्रममा सहभागिता हुनको लागि प्रवेश शुल्क १५ पाउन्ड निर्धारित गरिएको छ । कार्यक्रमबाट संकलित सम्पूर्ण रकम खेमराज स्मृती प्रतिस्ठान मार्फत सामाजिक कार्यको लागि खर्च गरिनेछ ।

कार्यक्रमलाई सफल पारिदिनको लागी बेलायतवासी सम्पूर्ण संगीतप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजक समितिले अनुरोध गरेको छ ।