१३ बैशाख २०८१, बिहीबार
Follow Us

बागलुङका तीन जनामा डेंगु संक्रमण फेला

sarusaru
२० भाद्र २०७६, शुक्रबार १३:४८

बागलुङ,  – जिल्लाको गलकोट नगरपालिकाका दुईजना र काठेखोला गाउँपालिका एक जनामा डेंगु संक्रमण देखिएको छ । गलकोट नगरपालिका–३ हटियाका ३१ वर्षीय एक पुरुष र बाग्लुङ स्थायी ठेगाना भई हाल पोखराको शान्तिवाटिका बस्ने २६ वर्षीया एक महिलामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । उनीहरूको पोखराको फेवासिटी अस्ताल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि आएका काठेखोला गाउँपालिका–२ भीमापोखराका एक पुरुषमा पनि संक्रमण देखिएको कार्यालयले जनाएको छ । स्थायी ठेगाना बाग्लुङ भए पनि उनीहरू धेरैजसो जिल्लाबाहिर बस्ने गरेको पाइएको स्वास्थ्य कार्यालय बाग्लुङका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले जानकारी दिए । ‘जिल्लाका तीर्नजनामा डेंगु संक्रमण भेटिएको कार्यालयमा जानकारी आएको छ,’ घिमिरेले भने, ‘तर तीनैै बिरामी धेरैजसो समयबाहिर बस्ने गरेको पायौँ ।’ बिरामीका सुविधाका लागि नाम सञ्चारमाध्यममा सार्वजनिक नगरिएको उनले बताए । डेंगु संक्रमण आशंका गरिएका अर्का एकजना बिरामीको भने धौलागिरी अञ्चल अस्पतालमा स्वास्थ्य जाँच गर्दा संक्रमण नदेखिएको घिमिरेले जानकारी दिए ।

जनमञ्च