१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युकेः सदस्यता नभएपछि श्रेष्ठको उम्मेदवारी खारेज


२० भाद्र २०७६, शुक्रबार १८:३१

स्कटल्याण्ड। एनआरएनए युकेको सदस्यता नभएको पाईएपछि एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका कमला श्रेष्ठको उम्मेदवारी खारेज भएको एनआरएनए युके निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव नरेश खपांगी मगरले श्रेष्ठको उम्मेदवारी को उजुरी परेपछि स्पस्टिकरण मागिएको र सम्पर्क नआएपछि उम्मेदवारी खारेज गरिएको बताउनु भयो।

श्रेष्ठको उम्मेदवारी खारेज पछि अर्का उम्मेदवार शर्मिला भण्डारी एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिको कोषाध्यक्षमा
निर्विरोध हुनु भएको खपांगीले बताउनु भयो। निर्वाचन समीतिका संयोजक मे ९रि० डम्बर घलेले निर्वाचन समितिको मानविय त्रुटिको कारण उम्मेदवारी दर्ता भएको र कमि कमजोरी लाई निर्वाचन समितिले सच्च्याउने बताउनु भयो।