८ बैशाख २०८१, शनिबार
Follow Us

जनसम्पर्क समिति जर्मनीको सभापतिमा शिखर खड्का

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७३, मंगलवार ०७:३८

नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा शिखर खड्का चयन भएका छन् । उनलाई आगामी तीन वर्षका लागि संस्थापक सभापति दिलबहादुर गुरुङले सपथ ग्रहण गराए ।

समितिको तेश्रो अधिवेशनमा दुई दाबेदार विजय मोक्तान र खड्काबीच नेतृत्व आलोपालो लिने भद्र सहमति भएको थियो । मोक्तानले नेतृत्व हस्तान्तरण गरेपछि खड्काले जिम्मेवारी लिएका हुन् ।

बडा दसैंको शुभकामाना आदान प्रदान र नेतृत्व हस्तान्तरण कार्यक्रममा निवर्तमान सभापति मोक्तानले आफ्नो कार्यकालको प्रगति विवरण सुनाएका थिए । उनले जर्मनीले दिएको सन्देशले नेपाली जनसम्पर्क समितिको एकतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित सभापति खड्काले सहमति र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।