१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाण्डौंमा डेङ्गु रोगको प्रकोप


२० भाद्र २०७६, शुक्रबार १८:३५

उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरुआत गरेको छ ।

डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफैं खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा डा. केदार सेञ्जुरीले जानकारी दिए । डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गर्दछ । टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले सेवा शुरुआत गरेको जनाएको छ ।