७ बैशाख २०८१, शुक्रबार
Follow Us

यसै वर्षबाट मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७६, शनिबार ०२:३१

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐनमा उल्लेखित सरकारी मेडिकल कलेज तथा सार्वजनिक संस्थाले स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था यही शैक्षिक सत्रबाट लागू हुने बताएका छन् ।
मन्त्री पोखरेलले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएको ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिको व्यवस्था यही वर्षबाट सुरु गरिने भएकाले विद्यार्थीहरूलाई सबै आन्दोलनका कार्यक्रम छोडेर वार्तामा आउन आग्रह गरे । उनले चिकित्सा शिक्षा ऐनमै भएको साझा प्रवेश परीक्षा भने आउँदो शैक्षिक सत्रबाट मात्रै लागू हुने स्पष्ट पारे । गोरखापत्रमा यो खबर छापिएको छ ।