७ बैशाख २०८१, शुक्रबार
Follow Us

चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रवासीलाई हौसला


२१ भाद्र २०७६, शनिबार ०९:२०

भारतको महत्वकाक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रवासीलाई हौसला दिनको लागि इसरो मुख्यालय पुगेर देशको नाममा सम्बोधन गरे ।
सम्बोधनपछि मोदी इसरो मुख्यालयबाट बाहिर निक्लिरहदाँ, ईसरो प्रमुख कैलासवटिवु शिवनसँग भेट भयो । मोदीलाई भेटेपछि शिवन भावुक भए र लगतै उनलाई अगांलेर रुन थाले ।

शिवन रुन थालेपछि मोदीले उनलाई अंगालो हालेर पिठ्युमा थपथपाएका थिए । मोदीले भावुक शिवनलाई हौसला दिइरहेको भिडियो अहिले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ ।