१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाली सेनाको गण परिसरमा महिलाको बेवारिसे शव


२१ भाद्र २०७६, शनिबार ०९:२७

महोत्तरीको बर्दिवास नगरपालिका ८ बिजय बस्ती टोलमा रहेको नेपाली सेनाको मध्य पुर्वी पृतनाको काली सिद्घि गण परिसरमा शनिवार एक महिलाको बेवारिसे शब भेटिएको छ । नाम थर नखुल्न नसकेकोे कालो रङमा सेतो छिरके बुट्टा भएको कुर्ता र कालो सुरुवाल लगाएकी कम्मरमा रातो शल बाँधेकीे अन्दाजी ३५ बर्षिकीे जस्तो देखिने र शरीरका बिभिन्न भागमा चोट लागी रत्त श्राव भएको अवस्थामा महिलाको शव शनिवार बिहानै नेपाली सेना को टोली मोर्निङ वाक जाने क्रममा देखे पछी प्रहरी लाई खवर गरेकोेको बर्दिवास प्रहरीका प्रहरी निरीक्षक असोक कुमार शाहले जानकारी दिए । शव शंकास्पद हुन सक्ने भएकाले घटनाको अनुसन्धान भैरहेको उनले बताए ।