१५ बैशाख २०८१, शनिबार
Follow Us

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त आव्हान


२१ भाद्र २०७६, शनिबार १०:०७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त आव्हान
गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित एनआरएनए अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिको बैठक समितिका संयोजक एवं प्रवक्ता भूषण घिमिरेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार सो आव्हान गरिएको हो ।
विहीवार साइबर कन्फ्रेन्समार्फत बसेको बैठकले नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांङीद्वारा प्रस्तावित पुरस्कार सम्बन्धी सार्वजानिक सूचनालाई परिमार्जन सहित पारित गरेको हो ।
बैठकले उक्त पुरस्कार छनोटको लागि एक उच्चस्तरिय समिति गठन गर्ने समेत निर्णय गरेको छ । बैठकले उच्चस्तरिय छनोट समितिबाट छनोट भएका उम्मेदवारलाई संघको आगामी अक्टोबरमा १५ देखि १७ सम्म काठमाडौंमा हुने विश्व सम्मेलनमा नगद र प्रमाणपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।