१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए निर्वतमान अध्यक्ष घले र उपाध्यक्ष पन्त वेलायतमा


२१ भाद्र २०७६, शनिबार ११:०१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष शेष घले वेलायत आएका छन् ।

गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीका अनुसार घलेले संघको आज दिउँसो अल्डरशटमा आयोजना हुने साधारणसभामा विषेश सम्वोधन गर्ने छन् ।

यसै बीच संघको साधारणसभामा सहभागी हुन् उपाध्यक्ष कुमार पन्त समेत वेलायत आउन लागेका छन् ।

एनआरएन युकेका अनुसार उपाध्यक्ष पन्त आजै दिउँसो १२. ४० बजे हित्रोस्थित विमानस्थलमा उत्रिने तयारीमा छन् ।

एनआरएन युकेको नयाँ नेतृत्वको लागि १४ तारिखमा निर्वाचन हुदैंछ भने आज साधारणसभा हुन लागेको हो ।