१३ बैशाख २०८१, बिहीबार
Follow Us

तस्बिरमा हेर्नुहोस् एनआरएन बेलायतको नवौँ साधारणसभा

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७६, शनिबार १७:५९

काठमाडौं– एनआरएन बेलायतको नवौं अधिवेशन शनिबार आयोजना गरिएको छ ।
एनआरएनकै सबैभन्दा बढी सदस्य रहेको एनआरएन बेलायतको यो अधिवेशनलाई निकै चासोको रुपमा हेर्ने गरिन्छ ।
एनआरएन बेलायतका अध्यक्ष योगकुमार फगामीको सभापतित्वमा आयोजित अधिवेशनमा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, पूर्वअध्यक्ष शेष घले, उनकी श्रीमती जमुना घले, उपाध्यक्षद्वय कूल आचार्य र कुमार पन्त, युरोप संयोजक शिव कुमार बरुवाल, सल्लाहकार हेमराज शर्मा, आईसीसी सदस्य रामशरण सिंखडालगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । अधिवेशनमा संस्थाको आर्थिक प्रतिवेदन र विधान पेश भएको छ ।
अधिवेशन शनिबार गरिएपनि चुनावी कार्यक्रम भने अबको एक सातापछि अर्थात सेप्टेम्बर १४ मा हुनेछ।
नेतृत्वका लागि पुनम गुरुङ र शेरबहादुर सुनारको टीम प्रतिस्पर्धामा रहेको छ ।