११ बैशाख २०८१, मंगलवार
Follow Us

दोस्रो प्रयासमा पनि निगमले लिलाम गर्न सकेन बोइङ

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७६, आईतवार ०२:२०

नेपाल बायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ(गण्डकी) दोस्रो पटक पनि लिलाम हुन नसकेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
विमान खरिद गर्न प्रस्ताव गर्ने दुबै कम्पनी अयोग्य भएका छन् । निगमका सहायक प्रवक्ता सुलेख मिश्रका अनुसार एबीएन नामको इजरायली कम्पनीले इजरायलबाट र अर्को प्रस्तावक कम्पनीले बिना ठेगाना बोलपत्र बुझाएकाले दुबै नेपालको कानुनअनुसार अयोग्य भएका हुन् । निगमले यसअघि असार ११गते ३० दिनका लागि बोलपत्र आह्वान गरेको थियो ।