१२ बैशाख २०८१, बुधबार
Follow Us

राजधानीबारे चर्काचर्की, जनकपुर कि वीरगन्ज ?

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७६, आईतवार ०२:३६

जनकपुर– प्रदेश २ को राजधानी जनकपुर कि वीरगन्ज तोक्ने भन्ने मुद्दामा प्रदेशसभाका सांसदहरु विभाजित भएका छन् । आ–आफ्नो दाबी र तर्कसँगै सांसदहरुले राजधानीको छलफल जनकपुर वा वीरगन्ज बनाउने भन्नेमा प्रदेशसभाको शनिबारको बैठकमा आक्षेपमय बन्यो ।

बैठकमा प्रदेशको राजधानी र नामबारे परेको प्रस्तावमा छलफल थालिएपछि सांसदहरूले आआफ्नै विचार राखे। भदौ ५ को प्रदेशसभाले नाम र राजधानीको प्रस्ताव ल्याउन बाध्य पारेपछि दल र सांसदहरुले आ–आफ्नो प्रस्ताव दर्ता गराएका थिए। कान्तिपुर दैनिकमा खबर छापिएको छ ।