८ बैशाख २०८१, शनिबार
Follow Us

८६ हजार कर्मचारीमा कोही छैन ‘सुपरस्टार’ ?

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७६, आईतवार ०२:४८

देशभर ८६ हजार बढी निजामती कर्मचारी छन् । तर, सरकारले तीमध्ये सर्वोत्कृष्ट काम गर्ने कर्मचारी भेट्न सकेको छैन ।
सरकारले निजामती सेवा दिवसको अवसरमा एक सर्वोत्कउष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जनामात्रै पुरस्कृत हुने भएका छन् ।
सरकारले गतवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेको थिएन । आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।