८ बैशाख २०८१, शनिबार
Follow Us

मेलम्ची खानेपानी आयोजनामा निषेधित क्षेत्र घोषणा

sarusaru
२२ भाद्र २०७६, आईतवार ०३:२०

काठमाडौं । मेलम्ची खानेपानी आयोजना स्थल वरपर प्रदर्शन गर्न निषेध गरिएको छ ।

सीएमसी कम्पनीका पीडितहरुले कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गर्दै प्रदर्शनमा उत्रेकाहरुलाई मेलम्ची खानेपानी आयोजनाको कार्यलय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै त्यस्तो निषेधाज्ञा जारी गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३(क) बमोजिम शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म अम्बाथान, खानेपानी, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने बाटोमा हुलदङ्गा र अशान्ति गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी आदेश जारी गरिएको उनले बताए ।

निषेध गरिएका क्षेत्रका २ सयदेखि ५  मिटरसम्म शुक्रबार ३ बजेदेखि अपराह्न ५ बजेसम्म र शनिबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्को व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।

अनलाइन खबर