४ बैशाख २०८१, मंगलवार
Follow Us

क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले युरोकप छनोट फुटबलमा

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७६, आईतवार १०:११

क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले युरोकप छनोट फुटबलमा पहिलो जित निकालेको छ । समूह ‘बी’ अन्र्तगत शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियालाई उसकै मैदानमा ४–२ गोलले हरायो । सुरुवाती दुई खेलमा बराबरी नतिजामा चित्त बुझाएको पोर्चुगलको युरो छनोट खेलमा यो पहिलो जित हो ।

पेर्चुगलको जितमा विलियम कार्भाल्होले ४२औं मिनेटमा पहिलो गोल गरे । ५८औं मिनेटमा गोन्कालो गुइडेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा निकोला मिलेन्कोभिकले गोल गर्दै घरेलु टोली सर्वियालाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि ८०औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई थप बलियो बनाए । ८५औं मिनेटमा सर्वियाका एलेकसन्डर मिट्रोभिकले गोल गर्दै गोल अन्तर घटाए ।८६औं मिनेटमा बर्नाडो सिल्भाले राफयल गुरेरोको पासमा गोल गर्दै पोर्चुगललाई ४–२ को जित दिलाए ।

जितसँगै समूह ‘बी’ मा पोर्चुगलले दोस्रो स्थानमा उक्लिएको छ । पोर्चुगलको पाँच अंक छ । चार अंक बनाएको सर्विया चौथो स्थानमा छ । समूहको अर्काे खेलमा युक्रेनले लिथुनियालाई ३–० गोलले पराजित गरेको छ । जितसँगै शीर्षस्थानमा रहेको युक्रेनले पाँच खेलबाट १३ अंक बनाएको छ । एक अंकमा सिमिति लिथुनिया तालिकाको अन्तिममा छ ।