१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यी हुन् बालाजु माछापोखरीबाट समातिएका ९ भाइ

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७६, आईतवार १०:१४

काठमाडौं–काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट सानो चाईनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलो सहित ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं जरङ्खु बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-१ का २९ वर्षीय राम बहादुर तामाङ, जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका(७ का २७ वर्षीय पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका-४ का ३८ वर्षीय कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका-१० का २५ वर्षीय धर्मराज तामाङ, नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका-५ का २६ वर्षीय बिजय तामाङ, स्वयम्भू बस्ने रसुवा छोदिम्बु गाउँपालिका-४ का ३० वर्षीय योर्साङ लामा, सतुङगल बस्ने गुल्मी ईस्मा गाउँपालिका-५ का ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका-६ का ३६ वर्षीय छिरिङ तामाङ र माकलबारी बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-१ का २८ वर्षीय राजन तामाङ रहेकाछन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएकोे छ ।