१३ बैशाख २०८१, बिहीबार
Follow Us

गाई मारेको अभियोगमा पक्राउ

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७६, आईतवार १०:१५

नुवाकोट-किस्पाङ गाउँपालिका-३ बस्ने ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आईत तामाङलाई गाई मारेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोट जिल्लाका विभिन्न भागहरुबाट बटुलेर ल्याएका गाईगोरुलाई कुटपिट गर्दा १ वटा गाई मरेको तथा १ वटा गाई उठ्न नसक्ने गरी असक्त भएको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।