१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुनको मूल्य बढ्यो

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार ०६:५४

काठमाडौं– सोमबार सुनको मूल्य बढेको छ । आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु २०० बढेर ७१ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भएको छ।
यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको महासंघले जनाएको छ ।